काठमाडौँ- भ्रष्टाचार आरोप लागेर निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई नयाँ पद सिर्जना गरेर सरुवा गरिएको छ। उनलाई विशेष पद सिर्जना गरेर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई अख्तियारमा सरुवा गरेको सञ्चारमन्त्री एवं मन्त्रिपरिषद्की प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

OM Sai Pathibhara Hospital

योजना आयोगमा सचिव पद सिर्जना गरेर अर्याललाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको हो। सोही पद अर्याल जिम्मेवारीबाट हटेपछि स्वतः खारेज हुनेछ। 

यता, मुख्यसचिवको जिम्मेवारी लिलादेवी गड्तौलाले पाएकी छन्। प्रधानमन्त्री कार्यालयकी सचिव गड्तौलालाई कार्यवहाक जिम्मेवारी दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।