काठमाडौं— सांसद प्रदीप पौडेलले चुरेको संरक्षण गर्न सरकार किन उदासिन भएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा पौडेलले चुरेको संरक्षण गरौँ भन्ने माग राख्दै पैदल हिँडेर आएकालाई पनि सरकारले वेवास्ता गरेको बताए । 

सरकारले आफैँ पहल कदमी लिनुपर्ने विषयमा खबरदारी गर्न २० दिन पैदल हिँडेर आएर काठमाडौंको माइतीघरमा बसेकालाई एक पटक पनि नभेटेको बताए । 

OM Sai Pathibhara Hospital

चुरे नष्ट हुने गरी भएको दोहन भइरहेको निष्कर्ष सरकारसँग रहे पनि नियमनको साटो टुलुटुलु हेरेको आरोप पौडेलको छ ।