कविता  "नारी "

के भनु तिमीलाई ??

अबला, सबला,शक्ति,वत्सला, 

प्रेयसी वा केवल नारी..?? 

तिमीलाई बुझ्न मुश्किल छ , 

शायद .कठिन पनि ... I  


कैयौ रूपमा तिमी छो , 

सारा  जीवनमा तिमी नै छो , तिमी बिना सबै अपूर्ण छ , 

तिमी पूर्णताको  पर्याय हौ , 

हर पल हर क्षण, 

तिमी बिन शून्य-  शून्य लाग्छ , 

तिमी धरा हौ अंकुरणको , 

वात्सल्य की पराकाष्ठा हौ .... 

तिमी तरूणिका  श्रंगार हौ , 

गृहस्थी की कर्णधार हौ , 

घर - बगैचाको आधार हौ , 

सुन्दर  पुष्पहरुका पर्याय हौ , 

जीवन की सुखद जीवटता हौ , 

दिन-दानीका अवधार हौ ... I 


समय  चक्रको  साथ, 

अच्छा -अच्छाको , 

कांध नापेका   छो तिमीले , 

कर्मणा,दुर्गा,काली बनी  तिमीले .. 

मर्यादा र लज्जा पनि , 

घुम्टोबाट निभाएकि  छो तिमीले ....


घरको  चुल्होदेखि लिएर, 

जागीर जीवनको गन्तब्यसम्म , 

हरेक स्थानमा  तिमी नै हो, 

सबैका  साथ छो सर्वदा..... 

मानमा - सम्मानमा , 

तिमी सबै हौ , सर्वत्र छो ...

जहाँ कहीं पनि जीवन हौ ,

त्यहाँ तिमी छो ...तिमी नै हौ  हौ .....  I

   - देवेन्द्र किशोर ढुङगाना

             भद्रपुर, झापा