बिर्तामोड  / नेपालमा पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७३७ कोरोना परीक्षण गर्दा ८८८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

OM Sai Pathibhara Hospital

आज थप एक जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५० हजार ६४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।