एजेन्सी / भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिएको छ ।

अटेर गरेर मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गरे ५ सय जरिवाना तोकेको छ । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गरेको हो ।

OM Sai Pathibhara Hospital

निजी कारमा यात्रा गर्नेले पनि मास्क लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ४६ संक्रमित भेटिएका थिए ।