काठमाडौं  / विश्वका २० देशमा मङ्कीपक्सको संक्रमण पुष्टि भएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको संख्या बढ्दै गइरहेको छ। उनीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मङ्कीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन्।

OM Sai Pathibhara Hospital

‘हामीलाई प्राप्त विवरणअनुसार विश्वभरि अहिलेसम्म झण्डै दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ भने अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको छ,’ डब्लुएचओका अधिकारीको भनाइ छ।

मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रति दिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन्।

डब्लुएचओका उच्च अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिनेगरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।