बिर्तामोड / ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड सहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।
शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एस ओ सि मा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ ।
जुनै नयाँँ काम उपभोक्ताहरुको रोजाइ र चाहनालाई ध्यानमा राखेर गर्ने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने बताएका छन् । प्रविधिलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरु सम्म सहज रुपमा पु¥याउन चाहेको समेत उनले बताएका हुन् ।
रेडमि नोट ११ प्रोमा क्लबउमचबनयल ® टढछ र रेडमि नोट ११ एस् मा मिडियाटेक हेलियो प्रोसेसर रहेको छ । विरासतलाई कायम राख्दै यी गेम चेन्जर फोनहरुले स्टनिङ क्यामराको साथ स्याभेज पर्फर्मेन्स दिने पंडाले बताए। यि दुइटै फोनहरुमा ५००० मेगाहर्ज उच्च क्षमताको ब्याट्रि राखिएको छ ।
१०८ एमपिको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ ।
सको अगाडि भएको १६ एमपिको क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ।