बिर्तामोड / इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक इको इन्फिनिटीले आज एक कार्यक्रमको आयोजना गरी सो इलेक्ट्रिक स्कुटर लन्च गरेको हो।
आधुनिक स्टाइलसँगै स्मार्ट डिजाइन थिममा तयार पारिएको यो स्कुटरमा कम्पनीले ३२ भोल्ट ४५ एम्पियर आवरको लिथियम आयोन ब्याट्री र ३ हजारबाट क्षमताको मोटर जडान गरेको छ। जसलाई ७ घन्टाभित्र पूर्ण चार्ज गर्न सकिने र एकपटक चार्ज गरेपछि ८५ देखी १ सय किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ।
८५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिने यो स्कुटरको दुवै चक्कामा ट्युबलेस टायर र डिस्क ब्रेक जडान गरिएको छ। यसमा रिजेनेरिटिभ ब्रेकिङ सिस्टमसमेत उपलब्ध गराइएको छ। स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेरिङ ह्यान्डलबार लक, राइट ह्यान्ड कम्बिनेसन स्विच, फ्रन्ट फेन्डर, राइट रिफ्लेक्टर र भेहिकल आइडेन्टिफिकेसन नम्वर जस्ता फिचर्स दिइएको छ।
रेड, ह्वाइट र ग्रे गरी कुल तीन कलर अप्सनमा उपलब्ध यसको सुरुआती मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकिएको छ।