काठमाडौंमलेसियन ब्रान्ड प्रोटोनको एसयूभी एक्स-५० नेपाल आएको छ ।  नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले आइतबार मिडिया ड्राइभ आयोजना गरी तीन भेरियन्टमा एक्स ५० सार्वजनिक गरेको हो । कम्पनीले एक्स ५० को स्ट्यान्डर्ड, प्रिमियम र फ्ल्यागसिप भेरियन्ट नेपाल भित्र्याएको हो ।

कम्पनीका अनुसार स्ट्यान्डर्ड भेरियन्टको मूल्य ७१ लाख ९९ हजार रुपैयाँ, प्रिमियमको ७९ लाख ९९ हजार र फ्ल्यागसिप भेरियन्टको ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तीनै भेरियन्टको आधिकारिक बिक्री भने मार्च २३ ९चैतगते० देखि हुने जगदम्बा मोटर्सले जनाएको छ ।

OM Sai Pathibhara Hospital

विशेषत सुरक्षा फिचरमा निकै ध्यान दिएर उत्पादन भएको एक्स ५० मा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल ९ईएससी०, अटोनोमश इमर्जेन्सी ब्रेकिङ ९एईबी०, एडप्टीभ क्रुज कन्ट्रोल, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, व्लाइन्ड स्पट इन्फर्मेशन सिस्टम, इन्टेलिजेन्ट हाई बीम कन्ट्रोल, टायर प्रेसर मोनिटर, अटो पार्क एसिस्ट र ३६० डिग्रि क्यामेरा जस्ता फिचर छन् ।

कम्पनीले यस एसयूभीमा १।५ लिटर टीजीडीआई इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १७७ पीएस पावर र २५५ एनएम टर्क प्रदान गर्छ । उक्त इन्जिनमा म्यानुयल मोड सहितको ७ स्पीड ड्यूल क्लच ट्रान्मिशन दिइएको छ । चालकले स्टेरिङ मोड र ड्राइभ मोड छनोट गर्न सक्ने छन् ।

एक्स ५० मा फुल एलइडी हेडल्याम्प, १८ इन्चको अलोय ह्वील, वेलकम लाइट, क्वाड एग्जस्ट पाइप, ड्यूल टोन इन्टेरियर, एलसीडी मिटर कम्बिनेशन, पानारोमिक सनरुफ, फ्लोटिङ फ्लोर कन्सोल जस्ता विशेषता पाउन सकिन्छ ।