काठमाडौं / काउन्टरप्वाइन्ट रिसर्चले सन् २०२१ को चौथो त्रैमासिक अवधिमा विश्वभर सबैभन्दा बढी बिक्री भएका स्मार्टफोनहरूको सूची सार्वजनिक गरेको छ ।
एप्पल बाहेक साओमी र सामसुङ मात्रै त्यस्ता कम्पनी हुन्, जसले सन् २०२१ मा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनको ‘टप टेन’को सूचीमा स्थान बनाउन सफल भएका छन् ।
बजार अनुसन्धान फर्म काउन्टरप्वाइन्टका अनुसार सन् २०२१ मा उत्कृष्ट पाँच मोडल एप्पलकै रहेका छन् । ज समा आईफोन ट्वेल्भ सबैभन्दा धेरै बिक्री हुने मोडेलको रुपमा रहन सफल भएको छ ।
त्यसपछि आईफोन ट्वेल्भ प्रो म्याक्स, आईफोन थर्टिन र आईफोन ट्वेल्भ प्रो र आईफोन इलेभेन रहेका छन् । एप्पल बाहेक यो सूचीमा सामसुङ ग्यालेक्सी ए ट्वेल्भ समावेश भएको छ, जुन ‘टप टेन’को सूचीमा छैटौँ नम्बरमा रहेको छ ।
सँगसँगै साओमीको रेड्मी नाइन ए र रेड्मी नाइनले समेत सन् २०२१ को ‘टप टेन’ स्मार्टफोनको सूचीमा आफ्नो स्थान बनाउन सफल भएका छन् । काउन्टरप्वाइन्टका अनुसार साओमीका दुवै मोडेलको कुल बिक्रीले २२ प्रतिशत हिस्सा ओगटेको छ ।
| क्र.सं | स्मार्टफोन | बजार हिस्सा |
| १. | आईफोन १२ | २.९% |
| २. | आईफोन १२ म्याक्स | २.२% |
| ३. | आईफोन १३ | २.१% |
| ४. | आईफोन १२ प्रो | २.१% |
| ५. | आईफोन ११ | २.०% |
| ६. | सामसुङ ग्यालेक्सी ए १२ | २.०% |
| ७. | साओमी रेड्मी ९ ए | १.९% |
| ८. | आईफोन एसई २०२० | १.६% |
| ९. | आईफोन १३ प्रो म्याक्स | १.३% |
| १०. | साओमी रेड्मी ९ | १.१% |






































