काठमाडौँ / नेपाल टेलिकमले बजारमा नक्कली रिचार्ज कार्ड बिक्री भइरहेको पाइएकाले सतर्क रहन आग्रह गरेको छ । अनधिकृत रिचार्ज कार्ड बिक्री भइरहेको सूचना आएकाले सतर्क रहन टेलिकमले सर्वसाधारणलाई अनुरोध गरेको हो ।
टेलिकमले आफ्ना विभिन्न सेवाहरू जस्तै ल्यान्डलाइन, मोबाइल, एनटी फाइबर आदिको रिचार्ज तथा बिल भुक्तानी गर्न नमस्ते रिचार्ज कार्ड ब्रान्डमा रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ ।
टेलिकमले कागजमा प्रिन्ट भएर आउने नमस्ते रिचार्ज कार्डको अतिरिक्त ई-पिन तथा एमपोसमार्फत समेत रिचार्ज सेवा दिँदै आएको छ ।