एजेन्सी / एप्पलले रुसमा आफ्ना सबै उत्पादन बिक्री गर्न प्रतिबन्ध लगाएको छ । युक्रेनमा भएको आक्रमणका कारण यस्तो निर्णय लिने ठूला कम्पनीमध्ये एप्पल एक हो ।
आइफोन निर्माता कम्पनीले रुसी आक्रमणप्रति गहिरो चिन्तिा व्यक्त गरेको छ । रूसी हिंसाका पीडितसँग उभिने प्रतिबद्धता देखाएको छ ।
एप्पलले युक्रेनी नागरिकहरूको सुरक्षाको लागि उक्त प्रतिबन्ध लगाएको दावी गरेको छ ।


































