बिर्तामोड / एनसेल आजियाटा लिमिटेडले सस्तो दरमा डेटा प्रदान गर्नका लागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । एनसेल प्रयोगकर्ताले अल टाइम डेटा प्याकमा ७ दिनको समय सिमा रहेको ५ जीबी अल टाइम डेटा १ सय २५ रुपैंयामा सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सुरु गरेको अर्को योजना नन्स्टप यूट्युब प्याक अन्तर्गत ग्राहकले १ सय ४७ रुपैयाँमा हप्तादिन समयसीमा रहेको ४ जीबी अल टाइम डेटा, भाइबर म्यासेजिङ्का लागि छुट्टै ५०० एमबी डेटा र यूट्युबमा नन्स्टप पहुँच पाउँछन् ।
मंगलबारबाट कम्पनीले लागु गरेको यो योजना १ हप्ताका लागि मान्य हुने कम्पनीले जनाएको छ ।