काठमाडौं रेनो डस्टर भारतमा सुरुवाती दिनमा निकै सफल मोडल रहेको थियो । रेनोले वार्षिक ४० हजार युनिट हाराहारी डस्टर विक्री गर्ने गरेको थियो । सन् २०१२ देखि २०१६ सम्म भारतीय बजारमा निकै सफल डस्टर हुन्डाई क्रेटाको आगमनसँगै कमजोर भएको थियो ।

फ्रेन्च कार निर्माता कम्पनी रेनोले भारतमा यसको फेसलिफ्ट गरेपनि १० वर्षमा नयाँ जेनेरेसन मोडल भने ल्याएन । त्यसैको कारण सन् २०१८ पछि यसको बिक्रीमा लगातार गिरावट आएको थियो ।

OM Sai Pathibhara Hospital

नेपाली बजारमा पनि सुरुवाती दिनमा निकै राम्रो सङ्ख्यामा बिक्री भएको डस्टर त्यसपछि क्रमिक रुपमा कमजोर हुँदै गएको थियो । सबैभन्दा कम मूल्यको फोर ह्विल ड्राइभ सिस्टम भएको डस्टर अहिले पनि नेपाली सडकमा निकै राम्रो सङ्ख्यामा बिक्री हुँदै आएको छ ।

रेनोले डस्टरलाई सन् २०१४ बाट अल ह्विल ड्राइभ सिस्टममा ल्याएको थियो । सुरुमा १/६ लिटर पेट्रोल र १/५ लिटर के के डिजेल इन्जिनमा आएको डस्टर नयाँ भारतीय प्रदुषण मापदण्डपछि थप सङ्कटमा आएको थियो । कम्पनीले सन् २०२० मा १/३ लिटर टर्बो पेट्रोल इन्जिनमा ल्याएको थियो । निकै पावरफुल इन्जिनमा ल्याएपनि सोचे जस्तो व्यापार गर्न सकेन ।