बिर्तामोड / भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा लि लक्ष्मी ग्रुपको भगिनी संस्था ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । 


काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुम मार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । 

OM Sai Pathibhara Hospital

इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिकता दिने लक्ष्मी ग्रुपको सोच अनुरूप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । 

 एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरूको भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरूपको बजार लिने अपेक्षा गरिएको छ । 

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउँदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ ।