बिर्तामोड / विगत २ वर्षयता विभिन्न कारणले मोटरसाइकलको मूल्य अकासिएको छ । नेपाली बजारमा होन्डा, बजाज, यामाहा, टीभीएस, हिरो जस्ता कम्पनीले १२५ सीसीका मोटरसाइकल बिक्री गर्दै आएका छन् । यी कम्पनी मध्ये सबैभन्दा धेरै १२५ सीसीका मोटरसाइकल बिक्री गर्ने कम्पनी होन्डा रहेको छ । 

होन्डा सीबी साइन नेपालीहरूको मनमा बसेको मोटरसाइकल हो । यि हुन्, नेपाली बजारमा उपलब्ध कम मूल्य र सञ्चालन खर्च कम आउने विभिन्न ५ मोटरसाइकलहरू:

OM Sai Pathibhara Hospital

होन्डा साइन

स्याकार ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको होन्डा साइन दुई मोडल र ४ भेरियन्टमा बिक्री हुँदै आएका छन् । जसमा सीबी साइन र सीबी साइन एसपी दुई मोडल हुन् ।

कम्पनीले बिक्री गर्ने सबैभन्दा धेरै मूल्यको सिबी साइन एसपी डिएसएसको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ । होन्डा सिबी साइनमा १२४.७३ सीसीको इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०.१६ बीएच पावर प्रदान गर्छ । भारतीय अटोमोटिभ रिसर्च एजेन्सीका अनुसार यसले प्रतिलिटर ६५ किलोमिटर माइलेज दिन्छ ।

हिरो सुपर स्प्लेन्डर १२५

हिरोको नेपालमा सर्वाधिक विक्री हुने मोटरसाइकल सुपर स्प्लेन्डर हो । सुपर स्प्लेन्डर नेपाली बजारमा १२५ सीसी क्षमतामा उपलब्ध रहेको छ । होन्डा सुपर स्प्लेन्डर १२५ मा १२४.७ सीसी इन्जिन रहेको छ । यसले ९ बीएच पावर तथा १०.३५ एनएम टर्क जेनेरेट गर्छ ।

हिरो सुपर स्प्लेन्डर १२५ को मूल्य २ लाख २० हजार रुपैयाँ रहेको छ ।

टीभीएस रेडर

टीभीएसले हालै मात्र नेपाली बजारमा सार्वजनिक गरेको नयाँ मोटरसाइकल रेडर १२५ सफल मोडल भइसकेको छ । कम्पनीले २ लाख ४७ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको मोटरसाइकल अहिले बजारमा पाउनै मुस्किल रहेको छ । कम्पनीले यसको बुकिङ लिइरहेको जनाएको छ । १२५ सीसी इन्जिन रहेको यो मोटरसाइकलले ११.३८ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसको माइलेज पनि उत्कृष्ट रहेको छ ।

बजाज पल्सर

बजाज पल्सर सिरिजको सबैभन्दा कान्छो मोटरसाइकल पल्सर १२५ को मूल्य अहिले २ लाख ४४ हजार ९०० रुपैयाँ रहेको छ । बजाज पल्सर १२५ मा १२४.४ सीसी इन्जिन रहेको छ । यसले ११.८ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसको पनि माइलेज निकै राम्रो रहेको छ ।

यामाहा सलुटो

यामाहाले नेपाली बजारमा बिक्री गर्दै आएको सबैभन्दा सस्तो मोटरसाइकल नै सलुटो हो । यामाहा सलुटो १२५ को मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । सलुटो १२५ यूबीएसमा एयरकुल्ड,स्टोक, एसओएचसी,भल्व वेस ब्ल्युकोर इन्जिन दिइएको छ । यो इन्जिनले ८.३ पीएस पावर तथा १० एनएम टर्क जेनेरेट गर्छ ।