काठमाडौं : जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार अमेरिकामा एकै दिन  १० लाख ८० हजार जना कोरोना संक्रमण पुष्टि भएको छ । 

विश्वभर कुनै पनि देशमा अहिलेसम्म एकै दिन यति धेरै संक्रमित भेटिएका छैनन् । हाल अमेरिकामा भेटिएका सङ्क्रमति मध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य अधिकारीहरूले तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको चेतावनी दिएका छन् । 

अस्पताल भर्ना हुनुपर्ने र मृत्यु हुनेमा धेरैजसो खोप नलागएकाहरु रहेको भन्दै राष्ट्रपति बाइडनले देशमा पर्याप्त मात्रामा उपलब्ध भएकाले अनिवार्य खोप लगाउन अपिल गरेका छन् ।