काठमाडौं / अफ्रिकाको एक मुलुक मोरिससमा जहाजको शौचालयभित्र एक नवजात शिशु फेला परेका छन् । जनवरी १ मा माडागास्करबाट आएको एयर मोरिससको जहाजको नियमित चेकिङ गर्ने क्रममा शौचालयको डस्टबिनमा नवजात शिशु भेटिएको बीबीसीले जनाएको छ । 

विमानस्थलका अधिकारीहरूले शिशुलाई तत्कालै अस्पताल लगेकाले शिशुको अवस्था सामान्य रहेको समेत बीबीसीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बच्चा जन्माएर शौचालयमा राखेको आशङ्कामा प्रहरीले एक जना माडागास्करबाट काम गर्न भनेर आएकी २० वर्षीया महिलालाई पक्राउ गरेको छ । उक्त महिलाले पक्राउ गरे लगत्तै बच्चा आफ्नो नभएको समेत बताएकी थिइन् । 

स्वास्थ्य परीक्षण गर्दा हालै सुत्केरी भएको देखिएपछि उनलाई अहिले परीक्षण निगरानीमा अस्पतालमा राखिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि उनीमाथि थप अनुसन्धान हुने अधिकारीहरूले बताएका छन् ।