काठमाडौं / भारतको उत्तर प्रदेशमा रहेको सुल्तानपुरमा कालो झण्डा देखाउने एक महिला रिता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका छन् । महिलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएका कारण यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन् । 

खुट्टामा गोली लागेर घाइते अवस्थामा पुगेकी यादवलाई तत्कालै सिएचसी लुम्भुआमा भर्ना गरिएको थियो भने थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पतालमा लगिएको थियो । सर्कल अफिसर लम्भुआ सतिश चन्द शुक्लाले उपचाररत अवस्थामा रहेकी यादवको बयान दर्ता गरेका थिए ।

OM Sai Pathibhara Hospital

पोस्टर बनाउन सुल्तानपुर गएकी यादव घर फर्कने क्रममा लम्भुआ नजिकै हाईवेमा तीन व्यक्तिले उनको गाडीलाई ओभरटेक गरी ड्राइभरको कन्चटमा बन्दुक राखेको यादवले भारतीय मिडियालाई बयान दिएकी छिन् । त्यसैगरी आत्मसुरक्षा गर्ने क्रममा उनको खुट्टामा गोली लागेको समेत उनले मिडियालाई बताएकी छन् ।

१६ नोभेम्बरमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेस–वे लोकार्पण गरेर जिल्लाको कुरेभार स्थित अरवल किरीमा सभा गरिरहेका थिए । कालो झण्डा देखाएका कारण यादवलाई पक्राउ गरेर जेल चलान गरेको दुई दिनपछि उनले जमानत पाएकी थिइन्