काठमाडौँ / कोभिड –१९ को नयाँ भेरिएन्ट ओमिक्रोन सङ्क्रमितको सङ्ख्यामा व्यापक वृद्धि भएपछि अधिकांश युरोपेली देशले स्वास्थ्य नियम कडा गरिएको छ ।

फ्रान्स, जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टा लगायत देशले अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी सार्वजनिक स्थानहरूमा प्रतिबन्ध लगाए हो । 

OM Sai Pathibhara Hospital

फ्रान्समा पछिल्लो २४ घण्टामा हालसम्मकै बढी अर्थात् १ लाख ८० हजार जनामा संक्रमण पुष्टि भएको छ । युरोपका अन्य देशहरू जर्मनी, इटाली, ग्रिस, डेनमार्क, माल्टा, आइसल्यान्ड, फिनल्यान्डलगायत ले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न संघर्ष गरिरहेका छन् ।

ती देशहरूले अंग्रेजी नयाँ वर्षमा हुने उत्सवहरू रद्द गर्नुका साथै सार्वजनिक स्थानहरूमा प्रतिबन्ध जारी गरेका छन् ।