काठमाडौँ  / हङकङ सरकारले एउटा स्वतन्त्र समाचार संस्थाबाट ६ जनालाई पक्राउ गरेको छ ।

समाचार मार्फत राज्यविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै प्रहरीले स्ट्यान्ड न्युज समाचार संस्थाका वर्तमान तथा पूर्व सम्पादक सहित केही कर्मचारीहरूलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेहरूमा स्ट्यान्ड न्युजका वर्तमान तथा पूर्वसम्पादकहरु छन् । त्यस्तै, प्रकाशनगृहका पूर्व बोर्ड सदस्य तथ पप स्टार डिनाइज हो पनि पक्राउ परेकी छिन् ।


आफूलाई प्रहरीले पक्राउ गरेर पश्चिम जिल्ला प्रहरी स्टेसनमा राखेको उनले आफ्नो फेसबुक पोस्टमा जानकारी दिए । पक्राउ पर्ने अन्य व्यक्तिहरू ३४ देखि ७३ वर्षका छन् ।

प्रकाशन गृहमा छापा मार्न २०० भन्दा प्रहरी अधिकारी पठाइएको र प्रहरीले सो प्रकाशनगृहमा अझै पनि खानतलासी गरेको प्राप्त समाचारमा जनाइएको छ ।