काठमाडौं / पश्चिम अफ्रिकामा रहेको सेनेगलको राजधानी डाकरबाट ४० किलोमिटर टाढाको सहर डायमनिआडिओलाई डाकरसँग जोड्ने रेल चल्न थालिसकेको छ । समाचार संस्था रोयटर्सका अनुसार सञ्चालन भई सकेको विद्युतीय रेलको उद्घाटन भने राष्ट्रपति म्याकी सालले सोमबार गरेका थिए ।

फ्रान्सको उपनिवेशबाट सन् १९६० मा स्वतन्त्र भएको सेनेगलले पहिलो पटक आँफै १.३ अर्ब अमेरिकी डलर खर्च गरि पाँच वर्षको समय अवधिमा रेलमार्ग बनाउन सफल भएको हो । राजधानी डाकरको प्रदुषण कम गर्न र सवारी जाम घटाउनका लागि पनि रेलमार्गले सहयोग गर्ने त्यहाँका सर्वसाधारणले अपेक्षा गरेका छन् ।

OM Sai Pathibhara Hospital

पहिलो पटक बनाइएको विद्युतीय रेलबाट भने दैनिक १ लाख १५ हजार यात्रुले सेवा पाउने अनुमान गरिएको छ । रेलमार्ग बनाउँदा सरकारले मुआब्जा नदिएको भन्दै आन्दोलनमा उत्रिएका केही स्थानीयहरूले भने प्रदर्शन समेत सुरु गर्न थालेका छन् ।