काठमाडौं : म्यानमारमा सैन्य कारबाही  ३० सर्वसाधारणको मृत्यु भएको छ । 

पूर्वी कायाह राज्यमा भएको प्रदर्शनमा सैनिकले गरेको दमनमा ठूलो सङ्ख्यामा सर्वसाधारणको मृत्यु हुनुका साथै थुप्रै मानिस गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । 

OM Sai Pathibhara Hospital

घटनामा आफ्ना दुई कर्मचारी बेपत्ता भएको सेभ द चिल्ड्रेनले जनाएको छ । बालबालिकालाई सहयोग गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाका कर्मचारी सेनाको आक्रमणमा बेपत्ता भएका हुन् । घटनामा मृत्यु भएकाहरूको पहिचान हुन नसकेको जनाइएको छ ।

सर्वसाधारणको गाडीमाथि सैनिकले घातक आक्रमण गरेको जनाइएको छ । जसका कारण थुप्रै शवहरू जलेर नचिनिने अवस्थामा छन् । शुक्रबार भएको घटनामा थुप्रै महिला र बालबालिकासमेत परेको जनाइएको छ । 

सैनिकले भने कारबाहीमा केही आतङ्कवादी हताहत भएको प्रतिक्रिया दिएको छ । गत वर्षको फेब्रुअरीमा सैनिकले सत्ता नियन्त्रणमा लिएपछि म्यानमारमा कयौँ सर्वसाधारणहरू प्रदर्शनका क्रममा मारिएका छन् । निर्वाचित नेतृ आङ सान सुकी लगायतलाई सैनिकले नियन्त्रणमा लिएर गम्भीर मुद्दाहरू लगाएको छ ।