बिर्तामोड  / प्रदेश एकमा आज थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

OM Sai Pathibhara Hospital

मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसताक्षी र कमल गाउँपालिकामा ३–३, हल्दिबारीमा २, बुद्धशान्ति र बाहृदशीमा १–१, सोलुखुम्वुको महाकुलुङमा ५०, सुनसरीको इटहरीमा २७, इनरुवामा ४, धरानमा ३, रामधुनी र बराहक्षेत्रमा २–२, गढीमा १, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, पाँचथरको फिदिम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १२३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।