बिर्तामोड / आज देशभर थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

१० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार आज देशभर ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने, १३ जना सङ्क्रमितको मृत्यु भएको छ।

देशभर १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने  ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।