विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ ।

१ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेह्रथुममा १–१ जनामा संक्रमण देखिएको हो । 

प्रदेश १ मा आज १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोराना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।