बिर्तामोड / पछिल्लो २४ घण्टमा देशभर थप एक हजार एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर १४ हजार पाँच सय ४१ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार आज देशभर एक हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ।

देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा रहेका छन् ।