काठमाडौं / नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

उनी उपचारका लागि आज बिहान हिमालयन एयरलाइन्सको जहाजबाट थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी ओनसरी घर्तीपनि थाइल्याण्ड प्रस्थान गरेकी छन् ।

OM Sai Pathibhara Hospital

पुन दम्पत्ति आज बिहान ७ बजेको फ्लाइटबाट उडेका छन । माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्जसमेत रहेका पुन बंशाणुगत जण्डिसबाट पीडित छन् ।

वरिष्ठ चिकित्सकको सुझाव अनुसार नेता पुन बैंकक प्रस्थान गरेका हुन् । उनको यसअघि २०७२ मा पनि यही रोगको उपचार थाइल्याण्डमै गरिएको थियो ।