ताप्लेजुङ / ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ । गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो ।

नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले  अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका  सूचना अधिकारी विजया राईले बबताएका छन् । कतिपय बिरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकोमा अहिले अस्पतालमै  अक्सिजन उत्पादन हुन थालेकोले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उनको भनाइ रहेको थियो । 

OM Sai Pathibhara Hospital

 ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले रु ७१ लाख ५० हजारको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिएका छन् । अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए ।