बिर्तामोड / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३२७ जनामा कोरोना संक्रमण भएको छ । 

१ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २२६ र ३५४ जनाको एन्टिजेन परीक्षण गर्दा १०१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेह्रथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो । 

प्रदेश १ मा आज २४० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा  १२६ महिला र ११४  पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २  पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।