बिर्तामोड / आज देशभर थप एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका १५ हजार ४८८ जनाको कोरोना परीक्षण गर्दा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर थप सात जनाको मृत्यु भएको छ भने यो सँगै मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ । 

यस्तै हाल १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन्।