विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

६६९ जनाको पीसीआर परीक्षण गर्दा १६१ र १२२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ५६, सुनसरीमा २२, इलाममा ८,  भोजपुरमा १, खोटाङ, संखुवासभा, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा  १६१ महिला र १४६  पुरुष रहेका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २  पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।