बिर्तामोड / आज देशभर थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर एक हजार २७९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा नौ जना संक्रमितको मृत्यु भएको छ।

देशभर १९ हजार १४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १७ हजार ८१३ होम आइसोलेसनमा रहेका छन्।