बिर्तामोड / आज देशभर थप नौ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर ७ हजार ५० जनाको पीसीआर परीक्षणमा गर्दा ७९० जना र ३ हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा १६३ जना गरी जम्मा ९५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेका छन् भने एक हजार तीन सय ७१ जना संक्रमणमुक्त भएका छन् । 

२४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा ६ जनाको मृत्यु छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ।