बिर्तामोड  / झापाको दमकस्थित एडभान्स अस्पतालमा बालकको मृत्यु भएपछि आफ्न्तले अस्पताल तोडफोड गरेका छन् । कोरोना संक्रमण भएका कमल गाउँपालिका –१ का ११ महिने शिशुको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । 

स्वास्थ्यमा समस्या आएपछि शुक्रबार उपचारका लागि शिशुलाई अस्पताल ल्याइएको थियो । उपचारको क्रममै शिशुको एन्टिजेन्ट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

OM Sai Pathibhara Hospital

कोरोना देखिएपछि शिशुलाई अस्पतालमा भर्ना नगरी औषधि दिएर घर पठाइएको थियो। तर, अस्पतालबाट घर पुर्‍याउनेबित्तिकै बालकलाई साह्रो भएको मृतकका आफन्तले बताए। 

अवस्था नाजुक भएको बिरामीलाई घर पठाइएको भन्दै आफन्तले डाक्टरको गल्ती रहेको बताए । डाक्टरले घरमा लगाउनका लागि सुई दिएका थिए। स्थानीय स्वास्थ्यकर्मीले उक्त सुई लगाएपछि बालकलाई साह्रो भएको उनीहरूको भनाइ छ ।

अस्पतालसँग छलफल गर्दा आफ्ना कुरा राखेर डाक्टरलाई भगाएको भन्दै आफन्तले अस्पतालमा ढुंगा प्रहार गरेको छन् ।  ढुंगा प्रहार गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव शुक्रबारदेखि नै अस्पतालमा राखेर आफन्त आन्दोलित भएका हुन् ।