खलङ्गा / जुम्लामा १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप आज (शनिबार) देखि लगाउन शुरु गरिएको छ ।  

१८ वर्ष माथिका ४१ हजार ६७६ जनालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

सापकोटाका अनुसार जिल्लाको  कुल जनसङ्ख्याको ३३ प्रतिशतलाई खोप लगाउने सरकारी निर्देशनअनुसार खोप दिन लागिएको हो ।

सापकोटाले यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका, शिक्षक र युवालाई परिचालन गरिएको र आठवटै स्थानीय  तहमा दुई चरणमा खोप लगाउनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीसहित जिल्लाभर  ५४७ स्वयंसेविका परिचालन गरिएको जानकारी दिए ।

जिल्लाभरका ३० स्वास्थ्य चौकी, ३२ खोप केन्द्र र कर्णाली प्रतिष्ठानबाट खोप दिन हाल  ४१ हजार ७ सय ४० डोज खोप आइपुगेको सापकोटाले बताए ।  जिल्लाभर  २४ हजार ६४८ जनाले खोप लगाएकामा १९ हजार ८४७ ले दोस्रो मात्रा लगाइसकेका छन् ।