बिर्तामोड / स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड –१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । 

श्रेष्ठले दशैँ अघि नै बालबालिकाका लागि आवश्यक पर्ने  ‘मोडोनारा’ र  ‘फाइजर’ एक लाख डोज खोप ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले भने, –“बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।”

आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।