काठमाडौँ / अमेरिकी फर्मा कम्पनी फाइजरले बनाएको कोरोना भाइरस विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको जनाइएको छ। फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारहरूमा उल्लेख रहेको छ। 

५ वर्षदेखि ११ वर्षका बालबालिकाहरूमा यो खोप प्रयोग गर्न अनुमति माग गर्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिने तयारी कम्पनीले गरेको छ । अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरूमा प्रयोग भइरहेको फाइजरको खोप अनुमति मिलेमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत लगाउन सकिनेछ। 

OM Sai Pathibhara Hospital

कम उमेरका बालबालिकालाई अहिले युवा तथा बयस्कहरूलाई दिइरहेको खोपको एक तिहाइ मात्रै लगाइनेछ।  मात्रा कम भएपनि खोपको दुबै डोज लगाएपछि उनीहरूमा  अन्य उमेर समूहको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको अनुसन्धानकर्ताले बताएका छन्।