तम्घास / नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा गुल्मीद्वारा  सञ्चालित अक्सिजन अभियानमा रु एक करोड चारलाख १९ हजार ९८५ सङ्कलन भएको छ ।  सङ्कलित केही नगद र अक्सिजन खरिद गरी जिल्ला अस्पताललाई प्रदान गरिएको अभियानका लेखा संयोजक रेशम कुँवरले जानकारी दिएका छन् ।  

सो अभियान गत वैशाख ६ देखि जेठ १० गतेसम्म सञ्चालन गरिएको थियो । यसमा मुख्य २४ अभियन्ता सक्रिय रहेका थिए भने ७०२ जनाले सहयोग गरेको अक्सिजन अभियानका संयोजक जनार्दन घिमिरेले जानकारी दिएका छन् । अभियानपछि ‘अक्सिजन प्लान्ट अभियान’ मा रूपान्तरण गरिएको थियो । 

OM Sai Pathibhara Hospital

अभियानको आय–व्यय पहिले नै सार्वजनिक गर्न प्रयास गरे पनि विभिन्न माध्यमबाट प्राप्त रकम महासङ्घको खातामा आए/नआएको प्रमाणीकरण गर्न समय लागेकाले ढिलाइ भएको महासङ्घले जनाएको छ । साथै अक्सिजन प्लान्ट अभियानमा सहयोग गर्ने सबै सहयोगदाताको नामावलीसहितको विवरण कार्यालयमा टाँस गर्ने पनि निर्णय गरिएको महासङ्घका जिल्ला अध्यक्ष टोपलाल अर्यालले जानकारी दिएका छन् । 

सिलिन्डर मौज्दात राखिएको जनाइएको छ । अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सङ्घीय सरकारले रु  एक करोड विनियोजन गरेको छ । निर्माणाधीन प्लान्ट दसैँ अगाडि सञ्चालनको तयारी गरिएको छ  ।