विराटनगर / क्यारितास नेपालले इटहरी अस्पताललाई पाँच लाख बयासी हजार बराबरको विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । 

इटहरी अस्पतालमा आयोजित एक कार्यक्रमका बीच क्यारिटास नेपाल प्रदेश प्रमुख देवेन्द्र पोखरेलले इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमलाई ११ प्रकारका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । 

OM Sai Pathibhara Hospital

क्यारितासले १० थान सेमि फोल्टिड बेड र म्याटे«स, १० पिस ब्यालाङ्गकेट,२ सय थान एन नाइन्टिन माक्स, सय प्याकेट सर्जिकल माक्स, सय थान पिपिइ सेट, ७८ वोत्तल सेनिटाइजर, २० प्याकेट सर्जिकल ग्लोब्स, १ सय ५० वटा एन्टिजेन टेष्टिङ्ग किट, २० वटा पल्स अक्सिमिटर,पोर्टेवल सुक्सन मेसिन र सात वटा नेवुलाइजर मेसिन प्रदान गरेको हो । 

उपप्रमुख लक्ष्मी गौतमले क्यारिटासको सहयोग वाट इटहरी अस्पताल र इटहरी आइसोलेसनको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुग्ने वताउदै धन्यवाद ज्ञापन गरिन् । 

इटहरी अस्पतालका मेसु डा. योगेश चेम्जोडले इटहरी अस्पतालको सेवा विस्तार भइरहेको अवस्थामा स्वास्थ्य सामग्रीले सहयोग पुग्ने बताए ।