काठमाडौँ / भारतमा सोमबार सक्रिय सङ्क्रमितको दर घटेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ४ सय २१ कोरोना सङ्क्रमित थपिँदा ४१ हजार ४ सय ५७ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ सय ७६ जनाको संक्रमणका कारण मृत्यु भएको छ । 

OM Sai Pathibhara Hospital

सोमबार एकैदिन १४ हजार ४०२ जना सक्रिय सङ्क्रमित कम भएका छन् । हाल भारतमा ३.८२ लाख सक्रिय सङ्क्रमित रहेका छन् । यो सङ्ख्या गत २३ मार्च यता सबैभन्दा कम हो। 

भारतमा हालसम्म ३.१९ करोड सङ्क्रमित भएका छन् भने संक्रमित मध्ये ३.११ करोड निको पनि भएका छन् । कोभिड–१९ को सङ्क्रमणबाट हालसम्म ४.२८ लाखको मृत्यु भएको छ ।