काठमाडौँ / अफगानिस्तानमा सङ्घर्षरत तालिवान विद्रोही लडाकुहरूले अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । त्यसैक्रममा सुरक्षा कारबाहीका क्रममा एकैदिन थप ५ सय ७० जना विद्रोही लडाकुको मृत्यु भएको छ। 

घटना क्रममा अरु १ सय ६१ जना घाइते भएको सरकारी अधिकारीहरूले जनाएका छन् । देशका नानगाहार, खोस्ट, लोगार, पाक्टिया, कान्दाहार, हेरात, फाराह, जोब्जान, सामाङगान, हेल्मान्ड, तखार, कुन्दुज र पन्ज्शीर लगायतका क्षेत्रमा घटना भएका हुन् ।

OM Sai Pathibhara Hospital

पछिल्लो २४ घण्टामा तखार प्रान्तको राजधानी तालुकलाई आइतबारदेखि नियन्त्रणमा लिएको दाबी गर्दै प्रतिबन्धित तालिवान लडाकूहरू मारिएको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

अमेरिकाले अफगानिस्तानबाट अमेरिकी सेना हटाएपछि तालिवान विद्रोही लडाकुहरूले अफगानिस्तानमा हिंसात्मक गतिविधिहरूलाई तिव्र बनाएका छन् । राजधानी कब्जामा लिएसँगै तखार प्रान्तका धेरै सार्वजनिक संरचना निष्क्रिय जस्तै भएका छन् ।