काठमाडौँ  / अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी थप तीन सय ८५ जना तालिवान लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा भएका घटनामा परी अरु दुई सय १० जना घाइते भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । 

रक्षा मन्त्रालयका अधिकारीका अनुसार देशका विभिन्न ठाउँमा भएका घटनामा सुरक्षाकर्मीलाई ठूलो सफलता मिलेको छ ।

OM Sai Pathibhara Hospital

विषेश गरेर नानगार्हार, जोगार, घज्नी, पक्तीका, मैदान वार्दाक, कान्दहर, हेरात, फाराह, ज्वोजान, सामान्गान, हेल्मन्ड, ताखार, बाघलानकापिसा प्रान्तमा घटना भएका हुन् ।

पछिल्ला केही हप्ता अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी मृत्यु भएकाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ ।  

तालिवान लडाकूले देशका विभिन्न सहरलाई आफ्नो नियन्त्रणमा रहेको घोषणा गर्न थालेपछि सरकारी सुरक्षाकर्मीले पनि सुरक्षा कारबाही बढाएका हुन् ।