काठमाडौँ / भारतमा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन्।

शनिबार सार्वजनिक गरिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

OM Sai Pathibhara Hospital

भारतमा कूल ४ लाख १२ हजार १ सय ५३ सङ्क्रमित अवस्थामै रहेका छन् । सरकारी अधिकारीका अनुसार भारतमा कुल सङ्क्रमितको सङ्ख्या हालसम्म तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका छन् ।

सङ्क्रमित भएर पनि निको हुनेको सङ्ख्या ३ करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।