बिर्तामोड  / बङ्गलादेशकाे  शिवगन्जमा चट्याङमा परेर १६ जनाको मृत्यु भएको छ । शिवगन्जको एक विवाह भोजमा सहभागि भएकाहरूलाई चट्याङले लाग्दा १६ को मृत्यु भएको हो ।  

स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ । 

OM Sai Pathibhara Hospital

उत्तरी बङ्गलादेशको शिवगन्जमा रहेको पद्मा नदीमा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका जन्ती बेहुलीको घरतिर जाने क्रममा आँधीवेहरी सहितको वर्षात भएको र उनीहरूमाथि चट्याङ खसेको स्थानीय बासिन्दाले बताएका छन् ।