काठमाडौँ / अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीको कारबाहीमा परी एकै दिन २ सय ७४ तालिवान लडाकुको मृत्यु भएको छ ।

देशका विभिन्न प्रान्तमा गरिएको कारवाहीमा परी उनीहरूको मृत्यु भएको भएको अधिकारीले जानकारी दिएका छन् ।  

OM Sai Pathibhara Hospital

सोही कारवाहीमा परी १ सय १९ जना घाइते भएका छन् । सरकारी सुरक्षाकर्मीले विषेश गरी नान्गार्हार, कन्दहर, फराह, हेरात, हेल्मान्ड, तखार, कुन्दुज र बघ्लान प्रान्तमा सुरक्षा कारबाही चलाएका थिए ।

लडाकुको आश्रयस्थल र उनीहरूले गरिरहेका गतिविधिका बारेमा प्राप्त सूचनाका आधारमा सुरक्षाकर्मीले सुरक्षा कारबाही गरेको बताइएको छ ।

अफगानिस्तानका लामो समयदेखि सरकारी सुरक्षाकर्मी र विद्रोही लडाकूका बीचमा झडप तथा भिडन्त हुँदै आएको छ । सो भिडन्तमा परी अहिले सम्म हजारौँ मानिसहरूको मृत्यु भइसकेको छ ।