काठमाडौँ / भारतमा पछिल्लो २४ घण्टामा थप ४२ हजार ६ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा अहिले सम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनको सङ्ख्या तीन करोड १७ लाख ६९ हजार एक सय ३२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख, १० हजार तीन सय ५३ रहेका छन् । यो संख्या कूल सङ्क्रमितको १.२९ प्रतिशत हो । 

गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ५६२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण भएको कूल मृतकको सङ्ख्या चार लाख २५ हजार ७५७ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।