काठमाडौँ / अमेरिकी
सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ ।
अमेरिकाकालागि
रुसी राजदूत एन्टोली एन्टोनोभले सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्नु भनेर २४
जनाको सूची पठाएको बताएका छन् ।
रुसी कूटनीतिज्ञहरुको
प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका
छोडिसक्न भनिएको राजदूत एन्टोलीले बताएका छन् ।
उनका अनुसार हाल
अमेरिकाले प्रवेशाज्ञामा कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ
अमेरिका नआउने बताएका छन् ।