काठमाडौँ / मनाङ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला बनेको छ ।

जिल्लामा स्वास्थ्य कार्यालय मनाङले खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको अनुमान गरेकामा चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् ।

OM Sai Pathibhara Hospital

गत माघ १४ गतेदेखि खोप अभियान शुरु भएको यो जिल्लामा कोरोना विरूद्धको खोप लगाएका मध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाईसकेको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिएका छन् ।

खोप लगाएका मध्ये कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्णखोप लगाउने ७५ जना रहेको आचार्यले जानकारी दिएका छन् ।

मनाङमा कोभिशिल्डको पहिलो मात्रा लगाएका र दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यले जानकारी दिएका छन् ।जिल्ला बाहिर रहेका नागरिक आएमा उनीहरुलाई पनि स्वास्थ्य कार्यालयले खोप लगाउने व्यवस्था मिलाएको उनले जानकारी दिएका छन् ।