झापा /  झापाको बिभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरिया , मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र सोही स्थानका २० वर्षीय मिङमा तामाङ रहेका छन् 

गौरीगन्ज गाउपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट  परिचालन भएको प्रहरी टोलीले ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्याप्सुलनाइट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ 

OM Sai Pathibhara Hospital

त्यसैगरीझापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरोबाट परिचालन भएको प्रहरी टोलीले डब्लू.बि.७४.आर.६५०४ नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा भाइजरका लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाइकलमा सवार देवान र तामाङलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ 

पक्राउ परेका तीनजना माथि थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिएका छन्